प्राधिकरणले रातीको समयमा सवारी साधन चार्ज गर्दा दियो छुट « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

प्राधिकरणले रातीको समयमा सवारी साधन चार्ज गर्दा दियो छुट



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरेलु, गैर व्यापारिक, व्यापारिक, औद्योगिक, पानी वितरण, सिँचाइ, सडक कबत्ती, अस्थायी, यातायात, मन्दिर, गैर घरेलु, मनोरञ्जन, सामुदायिक वितरण र निर्यातका विभिन्न शुल्क तय गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले रातीको समयमा विद्युतिय सवारी साधन चार्ज गर्दा कम महसुल तिर्ने व्यवस्था मिलाएको छ । सार्वजनिक यातायातका लागि राती ११ बजेदेखी ५ बजेसम्म प्रतियुनिट ४ रुपैयाँ ४५ पैसा तिर्नुपर्ने गरि प्राधिकरणले लागु गरेको छ । त्यस्तै साँझ ५ बजेदेखी ११ बजेसम्म साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा चार्ज लाग्ने भएको छ ।

यो सुविधा ३३ केभी भोल्टजका लागि हो भने सोही भोल्टजेजमा राती ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा चनर्ज लाग्ने प्राधिकरणले जनाएको छ । यस्तै ११ केभी भोल्टजेका लागि साँझ ५ बजेदेखि राती ११ बजेसम्म कूल ८ रुपैयाँ ७० पैसा लाग्नेछ भने राती ११ बजेदेखि बिहान ५ बजेस्म्म ५ रुपैयाँ ५ पैसा लाग्नेछ ।

साँझ र रातीको समय बाहेक ३३ केभी भोल्टेजका लागि ६ रुपैयाँ ६० पैसा र ११ केभी भोल्टेजका लागि ६ रुपैयाँ ९० पैसा महसुल तिनुपर्ने छ ।

त्यसमा ३३ केभी भोल्टेजका लागि ८ रुपैयाँ ४० पैसा तिर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्