सानिमा लाइफको आईपीओलाई ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिमा लाइफको आईपीओलाई ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको रेटिङ सम्पन्न भएको छ । सानिमा लाइफको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

सानिमा लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । तर कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छैन । आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्