रु रु जलविद्युतको आईपीओ नयाँ बर्ष बाँडफाँड गरिने
काठमाडौं । शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओ नयाँ बर्ष बाँडफाँड गरिने भएको छ । रु रु जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का भएको हो । कम्पनीको शेयर यसै साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको छ । यो साताको शुक्रबार नयाँ वर्ष २०७८ मा परेको छ ।
कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आईपीओमा ६२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।













