७ श्रावण २०८३, बिहिबार

मंगलबार सुनको मूल्य १ सय रुपैयाँले घट्यो, ८९ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै



काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँ प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा स्थिर रहेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्