७ श्रावण २०८३, बिहिबार

नागरिक लगानी कोष र नेशनल लाइफको संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन आज



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफको ५५ हजार ८६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री खुला गरेको हो । सो शेयर खरिदका लागि आज (चैत ३१ गते) शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन हो ।

नागरिक लगानी कोषको संस्थापक शेयरको मूल्य १ हजार ५२९ रुपैयाँ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्स ९ल्ीक्ष्ऋी० को ४६६ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सो शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिनेछ । एनआईसी एशिया बैंक लिमिटेडको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर चैत्र २३ गतेदेखि खुला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्