मंगलबार नेप्सेमा ४५ लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मञ्जुश्री फाइनान्स लिमिटेड र नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचीकृत गरिएको छ । मञ्जुश्री फाइनान्सको ५ लाख कित्ता र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो ।
मञ्जुश्री फाइनान्स लिमिटेडले ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो भने नेपाल इन्भेष्टमेन्ट बैंकको ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो ।

