आईपीओ निष्काशन गर्न सीईडीबी हाइड्रोलाई बोर्डको अनुमति
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीललाई २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बोर्डले बैशाख २ गते १ सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने छ ।












