७ श्रावण २०८३, बिहिबार

नयाँ बर्षको पहिलो दिन नेप्सेमा नयाँ रेकर्ड, कारोबार रकम ८ अर्ब ६३ करोड रुपैयाँ



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नयाँ रेकर्ड कायम भएको छ । नयाँ बर्ष २०७८ को पहिलो कारोबारको दिन नयाँ रेकर्ड कायम गरेको हो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ अंकमा बन्द भएको छ । यो हाल सम्म के उच्च बिन्दु हो । यसअघि गत बर्षको अन्तिम दिन २७१४.७९ अंकमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड आज तोड्दै ऐतिहासिक उच्च बिन्दु कायम गरिएको हो ।

बिहीबार नेप्से परिसूचक सँगै कारोबार रुकम पनि उल्लेखय बढेको छ । दिनभरिमा २१८ कम्पनीको १ करोड ९० लाख कित्ता किनबेच हुँदा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार लगानीकर्ता बजारमा रमाएका छन् । नयाँ बर्षको पहिलो दिनको कारोबारले नयाँ बर्षको स्वागत गरेको बुझिएको छ । नेप्सेले ३ हजार अंक पार गर्ने बिष्लेशकहरुले बताएका छन् । नेप्सेका लागि यो बर्ष उत्साहजन रहेको बताएका छन् ।

बिहीबार डेभलपमेन्ट बैंक ९०.१८, निर्जीवन बीमा ९.०३, होटल तथा पर्यटन १०.५, बैंकिङ्ग २३.०४, फाइनान्स २८.३९, माइक्रोफाइनान्स ६.१४, जीवन बीमा ४५.६८, म्युचुअल फण्ड ०.०५, म्यानुफ्याक्चर तथा प्रो. समूहको ४३.२७, अन्य समूह ३.३ र इन्भेष्टमेण्ट समूह १.५९ अंकले बढेको छ । ब्यापार समूह ९९.६५ र हाइड्रो पावर समूह ८.९७ अ.कले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्