७ श्रावण २०८३, बिहिबार

सिडिएससीका सीईओ आचार्यको प्रश्नः मेरोसेयर चलेको छैन भने १८ लाखले आईपीओमा कसरी आवेदन दिए ?



सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड सीईओ पुर्ण प्रसाद आचार्य

सिडिएससीले प्रदान गर्दै आएको सेवामा धेरै गुनासो आउने गरेको छ । यो कुरामा सबैजना विधिवत नै हुनुहुन्छ । यो मैले पनि स्वीकार गर्छु । क्यापिटल बजारको कति साईज थियो भन्ने यहाँहरुलाई जानकारी नै छ । गत बर्ष म आउनु भन्दा अगाडी अथवा गत आर्थिक बर्षको अन्त्यमा मेरो सेयरको ७ लाख मात्रै युजर थिए । हाल २३ लाख पुगेका छन् । डिम्याट एकाउण्ट खोल्नेको संख्या १७ लाख रहेकोमा हाल साढे ३४ लाख भन्दा बढि पुगेका छन् । हाम्रो आईटी क्यापासिटी, ह्युम्यान रिसोर्सेस क्यापासिटी पनि लिमिटेड थियो । गत बर्षभन्दा त्रिपली बढेकाले सबै क्यापासिटीमा चाप परेकाले धेरै समस्या आउने गरेको छ । तथापी यसको समाधानको लागि निरन्तर लागि परेका छौँ ।

सिडिएससीले ठूला–ठूला मूख्य ३ वटा सफ्टवेयर सञ्चालनमा ल्याएको छ । एउटा, सेन्ट्रल डिपोजिट एकाउन्टिङ सिस्टम (सीडास) छ । अर्काे, टिसएसले बिगतदेखि नै सप्लाई गरेको एउटा डिपोजिट गरेको सप्टवेर छ । र अर्काे सेन्ट्रल क्लियरिङ सिस्टम छ । यो बीचमा हामीले आइटी कन्सलटेण्ट हायर गरेर कहाँ–कहाँ समस्या छ भनेर अध्ययन गर्यौ । त्यसको आजभोलि नै रिपोर्ट आउँछ । फिडब्याक लिएर अपडेट गराइने छ ।

टिसीएससँग १ बर्षको प्रोजेक्टका लागि सम्झौता हुने अन्तिम चरणमा छौँ । आगामी दिनमा कोर सिस्टमका समस्याहरुलाई रिजर्भ गर्दै जाने हाम्रो कमिटमेन्ट छ तथापी पूँजी बजारमा विभिन्न निकायहरु आवद्ध छन् । जस्तै, सिडिएससीले मात्रै आफ्नो सेवा चुस्त बनाएर नपुग्ने हुनाले नेप्सेमा समस्या आयो भने क्यापिटल बजार प्रभावित हुने, सेवोनले समयमा रेगुलेट गरिदिएन अथवा नीति नियममा बाधा अड्चन फुकाइदिएन भने समस्या हुने, ब्रोकरले राम्रोसँग काम गरेन भने समस्या हुने, क्यापिटलले राम्रोसँग काम गरिदिएन भने समस्या हुने, इन्भेष्टरले गर्दा पनि समस्या हुने हुँदा यी सबैले गर्दा समस्या हुन्छ भन्ने हामी जानकार छौँ ।

मेरोसेयरमा आउने समस्याको दोषीको भारी विसाउने कोशिषमा छौँ । मेरोसेयरमा धेरै फिचरहरु छन् । धेरै सुविधाहरु इन्भेष्टरहरुलाई दिएका छौँ । आजको मितिमा १८–१९ लाखले आईपीओ हामीले म्यानेज गरेका छौँ । अब चलेन भनौ भने १८–१९ लाखले कसरी एप्लीकेशन हालेका छन् ? हाम्रो सिस्टमले फुल्ली काम गरेन भन्न पनि मिलेन । म आउँदा असोजमा आईपीओ खुलेको थियो, त्यसमा ३–४ लाखले आवेदन दिँदा यो त उत्पात् नै भयो भन्थे । यसरी बढ्दै जाँदा १९ लाख पुगेको छ । कार्तिकको पहिलो हप्ता हामीले एउटा सर्भर लिएर हाल्यौ । त्यसले काम गरेन, फेरि हामीले अर्काे सर्भर किन्नु पर्दा बजेटिङको सरकारी संस्था भएकाले झमेला छ । त्यसलाई पनि फ्लो गरेर अगाडी बढ्नुपर्छ । अर्थ मन्त्रालयलाई रिक्वेस्ट गरेर चार्ट जीआइडीसीको सर्भरहरु कनेक्ट गरेर त्यसले पनि केही काम गर्दै छ । फेरि अहिले पनि त्यहि सर्भर कै समस्या आयो भने पनि दुइवटा सर्भर लिएर इनस्टल गर्यौ । तर, आईपीओ आइरहेको छ, बजारमा त्यतिकै भोलुम बढिरहेको छ, यसलाई तत्काल समाधान गर्नुपर्छ भनेर टेस्टिङ गर्न पनि पाईएन । सर्भरमा डाटा माइग्रेशन गरिसकेपछि त्यो स्टेबल हुन टाइम लाग्छ । रिसोर्सको कुरामा हामीले धेरै म्यानेज गरेका छौँ । सफ्टवेयर, इन्जिनियरिङ, आर्टिटेक लगायत सबै कुरामा हामी समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्द छुँ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालद्वारा आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजनामा सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्ण प्रसाद आचार्यले राख्नुभएको धारणा हो ।


प्रतिक्रिया दिनुहोस्