७ श्रावण २०८३, बिहिबार

नेप्से सामान्य अंकले बढ्यो, लगानी कोषको सर्वाधिक कारोबार हुँदा, महिला र यूनाइटेड हाइड्रोपावरको १० प्रतिशतले बढ्यो



काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । सोमबार राताम्य भएको नेप्से मंगलबार २.६८ अंकले बढेर २६६४.६१ अंकमा बन्द भएको हो ।

मंगलबार दिनभरिमा २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, निफ्रको १८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै महिला लघुवित्त र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले कमाएका १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार ३७.५८ अंकले नेप्से घटेर २६६१.९३ अंकमा बन्द भएको थियो । सोमबार दिनभरिमा २१३ कम्पनीको १ करोड ४१ लाख ९० हजार सेयर कित्ता किनबेच हुँदा ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्