७ श्रावण २०८३, बिहिबार

रु रु जलविद्युतको आईपीओको ओपनिङ रेञ्ज ११८.८४ देखि अधिकतम ३५६.५२ रूपैयाँ



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुन बाँकि रहेको छ । आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ । रु रु जलविद्युतको आईपीओले पहिलो कारोबार मूल्य (ओपनीङ रेञ्ज) कति पाउला भनेर लगानीकर्ता भनेर पर्खिरहेका छन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ११८ रूपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज तोक्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । रु रु जलविद्युत परियोजना लिमिटेडको आर्थिक वर्ष २०७६–०७७ को प्रतिसेयर नेटवर्थ ११८ रूपैयाँ ८४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्