एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । कम्पनीले बैशाख २ गतेदेखि बैशाख ८ गते सम्मका लागि संस्थापक सेयर लिलामीमा राखेको हो ।
कम्पनीको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले रितपूर्वक आवेदन दिन सकनेछन् । आवेदन दिंदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।


















