रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन « Arthapath.com
१० बैशाख २०७८, शुक्रबार

रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन



काठमाडौं । रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।

फाइनान्सको १० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको छ । समायोजन भएपछि कम्पनिको शेयरमूल्य २६२ रुपैयाँ कायम हुन पुगेको छ ।फाइनान्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । हिजो बैंकको शेयर प्रतिकित्ता २८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ । १० प्रतिशतका दरले ८ करोड ३२ लाख ४१ हजार ६०६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपछि फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्