समता लघुवित्तको नाफा ९५ प्रतिशत बढ्यो, २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यस अवधिमा ३ करोड ३८ लाख ४५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो गत आवको तुलनामा चालु आवको यस अवधिमा लघुवित्तले ९५.०३ प्रतिशत बढि खुद नाफा आर्जन गरेको हो ।
कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर २२ करोड ९३ लाख ४० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको जगेडा कोष ३५.६६ प्रतिशत बढेर १३ करोड ५० लाख ११ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले ८२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३४ करोड ८४ लाख रुपैयाँ सापटी लिएर २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
लघुवित्तले ११ करोड ६४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड ३१ लख ७८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत आवको ९ महिनाको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० र सञ्चालन नाफा ९५.०३ प्रतिशतले बढेको छ ।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १४.९७ प्रतिशतले बढेर ३८ रुपैयाँ ५८ पैसा पसगेको छ । प्रतिशेयर नेटवर्थ १५८.७६ रुपैयाँ पुगेको छ ।