दुई कम्पनीको ५ लाख २० हजार सेयर कित्ता बिक्री आजदेखि खुला, कुन कम्पनीको कति ? « Arthapath.com
१२ बैशाख २०७८, आईतवार

दुई कम्पनीको ५ लाख २० हजार सेयर कित्ता बिक्री आजदेखि खुला, कुन कम्पनीको कति ?



काठमाडौं । मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ संस्थापक शेयर र आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता सेयर गरी ५ लाख २० हजार ३५५ कित्ता सेयर लिलामी आजदेखि खुला गरिएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३८८ कित्ता सेयर लिलामी खुला भएको छ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्सको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर लिलामी खुला गरिएको हो ।

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने छ । लिलामीमा राखिएको सेयरमा इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् ।

लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख २० गते बैंकिङ समयसम्म तोकिएको छ ।

त्यस्तै, आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी खुला गरिएको छ । आरएमडिसी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५८ हजार ३५५ कित्ता सेयर लिलामी खुला भएको छ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक शेयर लिलामी खुला गरिएको हो ।

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ४३७ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने छ । लिलामीमा राखिएको सेयरमा इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् ।

लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख २० गते बैंकिङ समयसम्म तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्