आइतबार नेप्सेमा भारि गिरावट, लकडाउन हुने हल्लाले सबै समूह राताम्य « Arthapath.com
१२ बैशाख २०७८, आईतवार

आइतबार नेप्सेमा भारि गिरावट, लकडाउन हुने हल्लाले सबै समूह राताम्य



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण दर दैनिक बृद्धि हुन थालेपछि लगानीकर्ता नेप्सेमा त्रसित बनेका छन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन गर्ने सम्भावना बढेपछि लगानीकर्तामा निराशापन छाएको हो । तर सरकारले भने लकडाउन गर्ने की नगर्ने भनेर अन्यौलमा छ । एकथरिले लकडाउन हुन्छ र अर्काे थरिले लकडाउन हुँदैन भन्ने हल्ला चलेपछि नेप्सेलाई प्रभावित गरेको हो ।

साताको पहिलाृ दिन आइतबार नेप्सेमा भारि पहिरो गएको हो । नेप्सेमा भारि अंकले गिरावट आउँदा सबै समूहमा राताम्य छाएको छ । आइतबार कुनै पनि समूहमा हरियो देखिएको छैन ।

आइतबार नेप्से परिसूचक ७५.७९ अंकले घट्दा २४७२.२२ अंकमा बन्द भएको छ । आइतबार दिनभरिमा २१५ कम्पनीको १ करोड ४५ लाख ९६ हजार सेयर कित्ता किनबेच हुँदा ७ अर्ब २३ करोड ४३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार जीवन बीमा समूह ४६०.०४ र निर्जीवन बीमा समूह ४४०.८७ अंकले सर्वाधिक घटेको छ ।


प्रतिक्रिया दिनुहोस्