२७ श्रावण २०८३, बुधबार

आइतबार थप ३ हजार भन्दा बढीमा कोरोना, २८ जनाको ज्यान गयो



काठमाडौं । आइतबार थप ३ हजार ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वितेको २४ घण्टामा थप २८ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ जना पुगेको छ ।


गत २४ घण्टामा ४ सय ५० जना कोरनेना निको भएर घर फकेका छन ।योसहित निको हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।