आजदेखि एनआईबिएल समृद्धि फण्ड २ इकाई निष्काशन खुला, कहिलेसम्म ओवदन दिन सकिन्छ ?

काठमाडौं । एनआईबिएल एस क्यापिटलले आज (बैशाख १३ गते, सोमबार) देखि एनआईबिएल समृद्धि फण्ड २ निष्काशन खुला गरेको छ । एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ इकाई निष्काशन तथा बिक्री खुला गरेको हा् ।
एनआईबिएल समृद्धि फण्ड २ एक बन्दमूखी योजना हो । यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । यस योजना अन्तर्गत प्रति इकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजी बापत १० लाख इकाई योजना व्यवस्थापकका लागि, न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि र सर्वसाधारणका लागि बाँकी ९ करोड ६० लाख इकाई छुट्याएको छ ।
यस योजना अन्तर्गत लगानीकर्ताले न्यूनतम १०० र अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा बैशाख २७ गते हुने छ ।