काठमाडौं उपत्यकामा वैशाख १६ गते विहानदेखि २२ गतेसम्म एक साता लकडाउन, के के खुल्ने छन् ? (आदेशसहित) « Arthapath.com
१५ असार २०८३, सोमबार

काठमाडौं उपत्यकामा वैशाख १६ गते विहानदेखि २२ गतेसम्म एक साता लकडाउन, के के खुल्ने छन् ? (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज बैठक बस्दै उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने निर्णय गरेका छन ।

साथै खाद्यसँग सम्बन्धित पसलहरू विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न सकिने व्यबस्था गरिएको छ । साथै काठमाडौं उपत्यका प्रवेश गर्न चहाने व्यक्तिले अनिवर्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने व्यबस्था गरिएको छ ।

यस्तो छ आदेश 


प्रतिक्रिया दिनुहोस्