नेपाल बङ्गलादेश बैंकको नाफा ६३.०२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको खुद नाफा ६३.०२ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशत बढी हो।
त्यस्तै बैंकको ख’द ब्याज आम्दानी घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.३५ प्रतिशतले आरोलो लागेको हो । व्याज आम्दानी आरालो लागेपनि बैंकको सञ्चालन मुनाफा ५६.४१ प्रतिशतले बढेको छ । त्यस्तै बैंकको फि तथा कमिशन आम्दानी ११.०९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ५१४.५० प्रतिशतले उकालो लागेको छ । बैंकको चैत मसान्तसम्मा आइपगदा वितरण योग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ । जगेडा कोष पनि २८.१२ प्रतिशतले उकालो लागेको छ । बैंकको निक्षेप १०.३२ प्रतिशत र कर्जा १२.१२ प्रतिशत बढेको छ ।
त्यस्तै बैंकको खुद नाफा ६३.०२ प्रतिशतले बढेसँगै प्रतिशेयर आम्दानीमा पनि उकालो लागेको छ । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसाले बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७६ पैसा रहेको छ ।















