सिद्धार्थ बैंकको नाफा २ अर्ब ६ करोड, सञ्चालन मुनाफा ५०.७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६ रुपैयाँ पुग्यो « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

सिद्धार्थ बैंकको नाफा २ अर्ब ६ करोड, सञ्चालन मुनाफा ५०.७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६ रुपैयाँ पुग्यो



काठमाडौ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशतले बढी हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक अनुसार गत र्वाके तुलनामा यस बर्ष ५४.१२ प्रतिशत बढी नाफा कमाएको छ ।

खुद नाफा बढेपनि बैंकको खुद ब्याज आम्दानी घटको छ । बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको हो । त्यस्तै बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ भने निष्क्रिय कर्जा घटेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशतले उकालो लागेको छ । सञ्चालन मुनाफा ५०.७५ प्रतिशतले उकालो लागेर चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षकोे तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.२५ प्रतिशतले उकालो लागेको छ । त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ ।

खुद नाफा उकालो लागेसंगै बैंकको प्रतिशेयर आम्दानी पनि उकालो लागेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३७ पैसा बढेर २५ रुपैयाँ २८ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्