हिमालयन बैंकको नाफा ४४.४५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९० पैसाले गिरावट « Arthapath.com
१४ बैशाख २०७८, मंगलवार

हिमालयन बैंकको नाफा ४४.४५ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९० पैसाले गिरावट



काठमाडौं । हिमालयन बैंक लिमिटेडमो नाफा ४४.४५ प्रतिशतले आरालो लागेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशत कम हो ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचक आरालो लागेको छ ।

बैंकको नाफा संगै खुद ब्याज आम्दानी २९.४५ प्रतिशत घटेको छ । त्यस्तै बैंकको समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी ४.७४ प्रतिशत र सञ्चालन मुनाफा ३९.०८ प्रतिशतले ओरालो लागेको छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ९० पैसा घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको हो । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ६.६२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.५७ प्रतिशत र कर्जा १९.५० प्रतिशतले उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्