मंगलबार १८ जनाको मृत्यु, थप ४३ सय ६४ जनामा कोरोना संक्रमण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मंगलबार १८ जनाको मृत्यु, थप ४३ सय ६४ जनामा कोरोना संक्रमण



काठमाडौं । मंगलबार पछिल्ल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ ।


आज देशभर ५५५ जना संक्रमित निको घर फर्किएका छन् । हालसम्म २ लाख ७८ हजार ५०६ संक्रमित निको भइसकेका छन् ।

देशभर ५८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

उपत्यकामा एकैदिन करिब २ हजारमा कोरोना
मंगलबार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्