२७ श्रावण २०८३, बुधबार

बिहिबार ३५ जनाको ज्यान गयो, थप ४ हजार ८३१ जनामा कोरोना पुष्टि



काठमाडौं । बिहिबार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ५६० जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा एन्टिजेन ९६३ जनामा र १२ हजार ५९७ जनामा पीसीआर परिक्षण गरिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ८ सय ८८ जना रहेका छन् । योसँगै संक्रमणमुक्त भएर घर फर्किनेको कूल संख्या २ लाख ८० हजार १ ६७ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ जना रहेका छन् ।