हवाई इन्धनको मूल्य घटाउन माग

काठमाडौं । नेपालका वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य घटाउन माग गरेका छन । उनीहरुले विश्व बजारमा कायम भएको मूल्य नै नेपालमा पनि लागु गर्नुपर्ने माग गरेका हुन ।
हवाई ईन्धनमा भएको मूल्य बृद्धिलाई अन्तराष्ट्रिय बजारको अनुपातमा कायम गर्न नेपाल वायु सेवा सञ्चालक संघले सरकारसं माग गरेको हो ।
अहिले विश्व बजारमा मूल्य घटेको भएपनि नेपाल आयल निगमले बढाएर नाफा कमाई रहेको छ ।
अहिले कोरोना भाइरसका कारण आन्तरिक उडान ६० प्रतिशतसम्म कटौति भएको संघले बताएको छ । हवाई ईन्धनमा ४० प्रतिशतसम्म भार परेको संघले जनाएको छ । नेपालमा हेलिकप्टर र जहाज उडान कूल १८ छन ।