२७०७ जना निको भए, एकै दिन ९०७० जनामा कोरोना संक्रमण
काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ९ हजार ७० जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमित हुनेको कुल संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।
गत २४ घण्टामा २ हजार ७ सय ७ जना निको भएका छन । गत २४ घण्टामा २ हजार ७ सय ७ जना निको भएका छन । यो संगै कोरोना निको हुनेको २ लाख ९२ हजार ४ सय ९० पुगेको छ ।
हाल देशभर ७२ हजार ५ सय ६१ जना आईसोलेसनमा रहेका छन ।
उपत्यकामा एकै दिन ३९७२ जनामा कोरोना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।














