जेठ २ गतेदेखि एनएमबि बैंकको वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र खुला « Arthapath.com
२४ बैशाख २०७८, शुक्रबार

जेठ २ गतेदेखि एनएमबि बैंकको वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र खुला



काठमाडौं । एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

प्रति कित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने व्यवस्था छ । ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्