बुटवल पावरको नाफामा भारी गिरावट, प्रतिशेयर आम्दानी दोब्बरले घट्यो
काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४८.८१ प्रतिशतले घटेर ४५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ८९ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८ प्रतिशतले घटेर ५१ करोड ११ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५५ करोड ७७ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ३८ प्रतिशतले बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष ११ प्रतिशतले घटेर ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ५१ पैसाबाट घटेर २० रुपैयाँ ७२ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५१ गुणा छ ।













