ऋणपत्र जारी गर्न अनुमति माग्दै कृषि, लक्ष्मी र माछापुच्छ्रे बैंक धितोपत्र बोर्ड पुगे

काठमाडौं । ऋणपत्र जारी गर्न लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा ३ वटा बैंकदे निवेदन दिएका छन् । बोर्डका अनुसार कृषि विकास बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र जारी गर्न निवेदन दिएको हो ।
१. लक्ष्मी बैंक लिमिटेडले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख ६ गते निवेदन पेश गरेको छ । जसमा सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ । ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
२. त्यस्तै, कृषि विकास बैंक लिमिटेडले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १३ गते निवेदन दिएको हो । जसमा सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्ने छ । ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

३. त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १५ गते बोर्डमा आवेदन दिएको हो । जसमा सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।