राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकलाई १२.६३ प्रतिशत लाभांश बाड्न स्वीकृति « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकलाई १२.६३ प्रतिशत लाभांश बाड्न स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकलाई लाभांश बाड्न स्वीकृती दिएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत दिएको हो ।

राष्ट्र बैंकले लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको पत्र बैंकलाई पठाएको हो भने आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

बैंकले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस्