उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द



काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहीबारदेखि दोस्रो पटक थप भएको निषेधाज्ञाका लागु भएको छ ।

जसअनुसार उपत्यकामा आजैबाट अत्यावश्यकबाहेक कार्यालय बन्द हुने छन । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिजो एक सूचना जारी गदै जानकारी दिएको हो ।

काठमाडौं जिल्ल प्रशासनले जारी गरेको उक्त सार्वजनिक सूचनामा “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने–गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ”उल्लेख गरिएको छ ।त्यस्तै उक्त सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।


उपत्यकामा दोस्रो पटक हिजो राति १२ बजेदेखि लागू हुनेगरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्