साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्यो, ७ अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१३ अंकले बढेर २६८४.०१ अंकमा बन्द भएको छ । बिहीबार नेप्से परसूचक सँगै कारोबार रकम पनि बढेको छ । बिहीबार २१८ कम्पनीको २ करोड १९ लाख ६६ हजार ९४३ कित्ता सेयर ८६ हजार २९६ पटक किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा सर्वाधिक जीवन बीमा समूह ८५.१२ अंकले बढेको छ । त्यस्तै, बिहीबार बढ्ने समूह अन्य समूह १३.२१ अंक, म्युचुअल फण्ड ०.०९ अंक, विकास बैंक समूह ७१.१९ अकं, माइक्रोफाइनान्स समूह ५.४३ अंक, बैंकिङ्ग समूह ३.२८ अंक, फाइनान्स समूह ६०.२४ अंक, हाइड्रो पावर समूह ३७.१२ अंक र निर्जीवन बीमा समूह ५.५२ अंकले बढेको छ भने ट्रेडिङ समू २३.८६ अंक, इन्भेष्टमेन्ट समूह ०.४० अंक, म्यानुफ्याक्ट्रचर समूह १८.१३ अंक र होटल एण्ड पर्यटन समूहको १८.८९ अंकले घटेको छ ।