सिईडिबिको आईपीओ भोलि बिहान ११ बजे बाँडफाँड गरिने, रिजल्ट हेर्ने तरिकासहित

काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओ भोलि (बैशाख ३१ गते) बाँडफाँड गरिने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार भोली (बैशाख ३१ गते, शुक्रबार) बिहान ११ बजे कम्पनीको आईपीओ बाँडफाँड गरिने छ ।
सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । जसमा भेरिफाई गर्दा १६ लाख ८५ हजार ६२७ जनाको मात्रै रुजू भएको छ । अन्य आवेदन रद्ध गरिएको छ ।
आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।
आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोलाः https://iporesult.cdsc.com.np/