आईपीओ जारी गर्न अनुमति माग्दै २ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिए « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

आईपीओ जारी गर्न अनुमति माग्दै २ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिए



काटमाठौं । आईपीओ जारी गर्न अनुमति माग्दै दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड धितोपत्र बोर्ड पुगेका छन् ।

दोर्दी खोलाले गत वैशाख २१ गते आईपीओ जारी गर्न अनुमति माग्न बोर्डमा आवेदन दिएको हो भने मानुषी लघुवित्तले गत वैशाख १३ गते आईपीओ जारी गर्न आवेदन दिएको हो ।

दोर्दी खोलाले २९ करोड ५१ लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरले कूल २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, मानुषी लघुवित्तले ३ करोड ९३ लाख रुपैयाँ बराबरको रु. १०० अंकितका दरले कूल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको जारीमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्