नेप्सेमा हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

नेप्सेमा हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि नेप्सेले कारोबार रोक्का गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको हो ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको हो ।


प्रतिक्रिया दिनुहोस्