नेपालमा थप ८४६७ जनामा कोरोना संक्रमण, २०३ जनाको कोरोनबाट मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको परिक्षणमा यति संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६१३५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्याको ३ लाख २७ हजार ६५३ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ जना पुगेको छ ।













