एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने



कठमाडौें । एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकहरुलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई ग्राहकहरू माझ आफ्नो मोबाइल बैंकिङ्ग -NIC ASIA MoBank_ तथा iServe मार्फत अघि बढाएको छ ।

Self Helpबैंकिङ्गको अवधारणा अनुरुप नै बैंकले आफ्ना ग्राहकहरूको लागि NIC ASIA MoBank मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ ।

यो सेवा अन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो NIC ASIA MoBank बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन । आफ्नो मोबाइल प्रयोग गरी बैंकको NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नुहुनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्