२ कम्पनिले मागे ३३ करोडको आईपीओ जारी गर्न अनुमति « Arthapath.com
१ जेष्ठ २०७८, शनिबार

२ कम्पनिले मागे ३३ करोडको आईपीओ जारी गर्न अनुमति



काठमाडौं । २ कम्पनिले ३३ करोड ४५ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ३३ लाख ४५ हजार ६७९ कित्ता शेयर आईपीओ जारी गर्न अनुमति माग गरेका छन ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका हुन ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति माग गरेका धितोपत्र बोर्डले जानकारी दिएको छ ।

आईपियो निष्काशनको लागि मानुषी लघुवित्तले बैशाख १३ गते र दोर्दी खोलाले बैशाख २१ गते निवेदन पेश गरेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्