आजदेखि एनएमबि बैंकको वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र खुला « Arthapath.com
२ जेष्ठ २०७८, आईतवार

आजदेखि एनएमबि बैंकको वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र खुला



काठमाडौं । आजदेखि एनएमबि बैंकको वार्षिक ऋणपत्र खुला गरिएको छ । एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा आज (जेठ २ गते, शुक्रबार) देखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो । बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गरेको हो ।

प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो ।

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्