सेयर बजारले नयाँ रेकर्ड कायम गर्यो, कारोबार रकममा पनि उछाल आयो « Arthapath.com
२ जेष्ठ २०७८, आईतवार

सेयर बजारले नयाँ रेकर्ड कायम गर्यो, कारोबार रकममा पनि उछाल आयो



काठमाडौं । केही साता अघि राजनीतिक उथलपुथल भयो । राजनीतिमा देखिएको खिचातानीले नेप्सेमा प्रभाव पार्यो । निरन्तर रेकर्ड कायम र निरन्तर बढिरहेको नेप्से विस्तारै घट्दै गयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधी सभामा विश्वासको लिए । प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरिन् । जसको प्रभाव नेप्सेमा पर्दै गयो । जब नयाँ सरकार गठन हुन सकेन् तब, प्रधानमन्त्रीमा केपी शर्मा ओली नै पुन पुन नियुक्त भए । नेप्सेले नयाँ यात्रा तय गरेको छ । कोरोना भाइरस संक्रमणको दर दैनिक बढिरहेका बेला नेप्से घट्छ भन्ने अड्कलबाजी गरिरहेका सेयर विज्ञहरुलाई फ्लप नै खुवायो । आइतबार नेप्सेमा हरियाली छाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेप्सेले विश्वास गरेको देखिन्छ । सेयर विश्लेषकका अनुसार नेप्से अब नयाँ रेकर्ड कायम गर्दै अझै उचाइमा पुग्ने बताउँछन् । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ ।

नेप्सेमा हरियाली छाएसँगै नेप्सेमा कारोबारमा पनि उछाल आएको छ । नेप्से परिसूचक ५४.२६ अंकले बढेर २७३८.३५ अंकमा बन्द भएको छ । आइतबार नेप्से दिनभरिमा २१४ कम्पनीको २ करोड ५ लाख ९१ हजार १६० सेयर कित्ता १ लाख ९ हजार २३३ पटक किनबेच हुँदा १० अर्ब २ अर्ब ६६ लाख २८ हजार ११६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेले आइतबार नयाँ रेकर्ड कायम गरेको हो । यसअघि बैशाख २ गते (नयाँ बर्षको पहिलो दिन) नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड एक महिनापछि अर्थात जेठ २ गते तोेड्दै नयाँ रेकर्ड कायम गरेको हो । यस अघि बैशाख २ गते नेप्से परिसूचक २७३५.४६ अंक पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । तर उक्त रेकर्ड ब्रेक गर्दै आइतबार आज जेठ २ गते नयाँ रेकर्ड कायम गरेको हो ।

बैशाख २ गते बिहीबार दिनभरिमा २१८ कम्पनीको १ करोड ९० लाख कित्ता किनबेच हुँदा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार बैंकिङ समूह २७.४८ अंक, ट्रेडिङ समूह ५०.८८ अंक, होटल तथा पर्यटन समूह ३५.९२ अंक, डेभलपमेन्ट बैंंक समूह १११.३० अंक, हाइड्रो पावर समूह ३०.०७ अंक, फाइनान्स समूह १५.९० अंक, निर्जीवन बीमा समूह ५७९.७७ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो. समूह ६३.३४ अंक, अन्य समूह ४५.९३ अंक, माइक्रोफाइनान्स समूह १०१.७० अंक, जीवन बीमा समूह ५२९.७२ अंक, म्युचुअल फण्ड समूह ०.०४ अंक र इन्भेष्टमेन्ट समूह २.०८ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्