आकस्मिक रक्तदान कार्यक्रममा पत्रकारको संख्या धेरै
काठमाडौं । कोरोना संक्रमित दैनिक बढ्दा अस्पतालमा देखिएको रगतको चरम अभाव भएको छ । रगत अभावभएपछि विभिन्न तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले सामान्य गर्भवती महिला र अप्रेशन गर्नुपर्ने बिरामीका लागि समेत आवश्यक रगत अभावले अप्रेशन हुन नसकेको बताएपछि निषेधाज्ञा कै बीच आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अधिकांश पत्रकार रहेको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले जानकारी दिए । विभिन्न अनलाइन, टेलिभिजन र प्रिन्ट मिडियाका ११ जना पत्रकारले रक्तदान गरेका उनले बताए । त्यस्तै, रक्तदान कार्यक्रममा पुरुष भन्दा महिलाको संख्या धेरै रहेका थिए । बिहान ११ बजेदेखि २ बजेसम्म भएको रक्तदान कार्यक्रममा २३ पिन्ट रगत जम्मा भएको आयोजक श्रेष्ठले बताए ।
आकस्मिक रक्तदान अटो नेपाल, सहयोगी महिला जागरण मञ्च र लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डको संयुक्त आयोजनामा रातोपुलमा भएको हो ।












