थप ५ कम्पनीलाई बुक बिल्डिङमा संस्थागत लगानीकर्तालाई धितोपत्र बोर्डद्वारा स्वीकृति « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

थप ५ कम्पनीलाई बुक बिल्डिङमा संस्थागत लगानीकर्तालाई धितोपत्र बोर्डद्वारा स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट बुक बिल्डिङ विधिमार्फत जारी गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्ने स्वीकृति पाउनेको कम्पनीको संख्या ८८ पुगेको छ ।

बोर्डले सीबीआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र कुमारी इक्विटी फन्डलाई स्वीकृति दिएको हो ।

धितोपत्र बोर्ड आइतबार थप ५ कम्पनीलाई स्वीकृति दिएसँगै बिल्डिङ विधिमार्फत जारी गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न पाउने कम्पनीको संख्या ८८ पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्