नबिल बैंकको वेबसाइट मार्फत नबिल आइकार्डको निवेदन गर्न पाइने « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

नबिल बैंकको वेबसाइट मार्फत नबिल आइकार्डको निवेदन गर्न पाइने



काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल iCard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस नया सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा Nabil iCard’ सेक्सनमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गइ ‘Apply Now’ विकल्प छानि नबिल iCard को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा फोनमा (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नया सुबिधा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्