१० प्रतिशत लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ? « Arthapath.com
३ जेष्ठ २०७८, सोमबार

१० प्रतिशत लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको जेठ २ गते बसेको संचालक समितिको बैठकले कम्पनीको साधारणसभा जेठ २७ गते शुक्रबार गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्