नेप्से नयाँ बाटोमा, आइतबारको रेकर्ड ब्रेक गर्दै सोमबार नयाँ उचाईमा सेयर बजार, ९ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ रेकर्ड कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनि गरेका छन् । अधिकांश कम्पनीहरुको वित्तीय अवस्था वा नाफा लगायत अन्य सूचकहरु बढेका छन् । जसले गर्दा नेप्से बढेको सेयर विश्लेषकहरुले बताएका छन् । सेयरविज्ञहरुका अनुसार नेप्से नयाँ उचाइमा पुग्ने बताउँछन् ।
यस अघि आइतबार जेठ २ गते नयाँ रेकड बनाएको नेप्सले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । अल टाइम हाइ रहेको नेप्से बन्द हुने समयमा नयाँ रेकर्ड कायम गरेको हो । आइतबार अर्थात जेठ २ गते नेप्से परिसूचक ५४.२६ अंकले बढेर २७३८.३५ अंकमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार नेप्सेमा १० अर्ब भन्दा बढिको कारोबार भएको थियो ।
त्यस्तै, सोमबार आइतबारको रेकर्ड तोड्दे नयाँ रेकर्ड कायम गरेको छ । सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२२ अंकमा बन्द भएको छ । जुन हालसम्म कै उच्च विन्दु हो । हिजोको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको नेप्सेले बताएको छ । आइतबारको जति कारोबार नभएपनि नेप्सेमा साढे ९ अर्ब रुपैयाँको कारोबार भएको छ ।
सोमबार दिनभरिमा २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ सेयर कित्ता १ लाख १ हजार ९१८ पटक किनबेच हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।
सोमबार बैंकिङ समूह ९.२२ अंक, ट्रेडिङ समूह ७.११ अंक, हाइड्रो पावर समूह १२.७९ अंक, फाइनान्स समूह १२.४७ अंक, निर्जीवन बीमा समूह ३९.०९ अंक, अन्य समूह ५७.६४ अंक, माइक्रोफाइनान्स समूह १५.२२ अंक, जीवन बीमा समूह ११८.३९ अंक, म्युचुअल फण्ड समूह ०.०९ अंक र इन्भेष्टमेन्ट समूह ०.१४ अंकले बढेको छ ।
होटल तथा पर्यटन समूह १२.७९ अंक, डेभलपमेन्ट बैंंक समूह ०.५५ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो. समूह ४३.५६ अंकले घटेको छ ।