नेप्सेमा दैनिक नयाँ रेकर्ड, हालसम्म कै उच्च बिन्दुमा पुगेर कारोबारमा ऐतिहासिक रेकर्ड बनायो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ रेकर्ड कायम गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश कम्पनीहरुको वित्तीय अवस्था वा नाफा लगायत अन्य सूचकहरु बढेका छन् । जसले गर्दा नेप्से बढेको सेयर विश्लेषकहरुले बताएका छन् । सेयरविज्ञहरुका अनुसार नेप्से नयाँ उचाइमा पुग्ने बताउँछन् ।
जेठ महिना लागेपछि नेप्से लगातार बढ्दै आएको छ । आइतबारदेखि निरन्तर बढ्दै आएको नेप्से मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार रेकर्ड सोमबार ब्रेक गरेको हो भने सोमबारको रेकर्ड मंगलबार ब्रेक गरेको हो ।
आइतबार अर्थात जेठ २ गते नेप्से परिसूचक ५४.२६ अंकले बढेर २७३८.३५ अंकमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार नेप्सेमा १० अर्ब भन्दा बढिको कारोबार भएको थियो । त्यस्तै, सोमबार आइतबारको रेकर्ड तोड्दै २०.७१ अंकले बढेर २७५९.२२ अंकमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
उक्त रेकर्ड मंगलबार ब्रेक गरेको हो । मंगलबार नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ अंकमा कन्द भएर नयाँ रेकर्ड कायम गरेको हो । जुन हालसम्म कै उच्च विन्दु हो । हिजोको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको नेप्सेले बताएको छ ।
सोमबार दिनभरिमा २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ सेयर कित्ता १ लाख १५ हजार ९६१ पटक किनबेच हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो ।
सोमबार बैंकिङ समूह ४.९८ अंक, ट्रेडिङ समूह ७३.५० अंक, हाइड्रो पावर समूह ९५.९३ अंक, फाइनान्स समूह ७९.९२ अंक, निर्जीवन बीमा समूह ८१.०८ अंक, अन्य समूह १६.५१ अंक, माइक्रोफाइनान्स समूह ८५.४१ अंक, जीवन बीमा समूह २०५.२० अंक, म्युचुअल फण्ड समूह ०.०६ अंक, इन्भेष्टमेन्ट समूह २.८५ अंक, होटल तथा पर्यटन समूह २००.१८ अंक, डेभलपमेन्ट बैंंक समूह ९८.८९ अंकले बढेको छ । भने म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ५.२८ अंकले घटेको छ ।