मंगलबार ६८९१ जना कोरोना संक्रमणमुक्त भए , थप ८१३६ जनामा कोरोना
काठमाडौं । आज मंगलबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १९६ जनाको जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ११पुगेको छ ।
त्यस्तैगरि आज थप ८ हजार १ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।
आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यो कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।













