सेयर बजारमा नयाँ रेकर्डपछि लगानीकर्तालाई नेप्सेको सुझावः कम्पनीको बिश्लेषण गरी लगानी गर्नु

काठमाडौं । हालसम्म कै उच्च कारोबार र उच्च बिन्दुमा पुगेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रेस विज्ञप्ती जारी गरेको छ । मंगलबार सेयर बजार हालसम्म कै उच्च कारोबार र उच्च बिन्दुमा पुगेको थियो । नेप्सेका अनुसार मंगरबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रैक गर्दै नयाँ रेकर्ड कायम गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ, “मंगलबार १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोेड ९३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३१ लख ३१ ह्जार ६१५ कित्ताको सेयर कारोबार भएको छ, नेप्से परिसुचक २७९३.८९ को बिन्दुमा पुगेको छ, कारोबार रकम, कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको छ ।”
बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेप्सेले जनाएको छ । नेप्सेमा हाल ६ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको नेप्सेले बताएको छ ।
नेप्सले लगानीकर्तालाई सेयर मूलयमा प्रभाव पार्नसक्ने भएकाले सजग भएर लगानी गर्न भनिएको छ । “दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताहरुले सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकलन तथा बिश्लेषण गर्नुपर्छ, खासगरी आफुले लगानी गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको संभावना, नाफा नोक्सानीको स्थिति लगयतका आधारभुत पक्षको विष्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सान कम गर्न मद्दत गर्ने ब्यहोरो नेप्से स्मरण गराउँछ ।”
