निफ्रा बैंकका पूर्व सीईओ अनिल ज्ञवाली सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा नियुक्त « Arthapath.com
५ जेष्ठ २०७८, बुधबार

निफ्रा बैंकका पूर्व सीईओ अनिल ज्ञवाली सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा नियुक्त



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको जेठ ४ गते मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । कार्यकाल दुई वर्ष बाँकी हुँदै ज्ञवालीले पुर्वाधार विकास (निफ्रा) बैंकको सीईओ पदबाट गत बर्ष मंसिरमा राजिनामा दिएका थिए ।

सुदेश खालिङले राजीनामा दिएपछि ज्ञवालीलाई नियुक्त गरिएको हो । ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।

बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा सुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्