नेप्सेमा निरन्तर रेकर्ड कायम, बुधबार दोहोरो अंकले गिरावट आएपनि कारोबारमा भने ऐतिहासिक रेकर्ड « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्सेमा निरन्तर रेकर्ड कायम, बुधबार दोहोरो अंकले गिरावट आएपनि कारोबारमा भने ऐतिहासिक रेकर्ड



काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से घटेपनि कारोबारमा भने नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार दिनभरिमा हाइ रहेको नेप्से बन्द हुने समयमा नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो । हिजो मंगलबार नेप्से परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ अंकमा बन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको थियो, जुन हालसम्म कै उच्च कारोबार थियो । तर बुधबार भने उक्त रेकर्ड ब्रेक गर्दै हालसम्म कै उच्च कारोबार भएको छ । बुधबार दिनभरिमा २१४ कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ सेयर कित्ता १ लाख ३२ हजार ३६८ पटक किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो ।
बुधबार ट्रेडिङ समूह ३५.७२ अंक, बैंकिङ समूह ७.३४ अंक, फाइनान्स समूह २.७४ अंक, म्युचुअल फण्ड समूह ०.०७ अंक र होटल तथा पर्यटन समूह १५.५३ अंकले बढेको छ ।

हाइड्रो पावर समूह ६१.९६ अंक, निर्जीवन बीमा समूह १५७.९४ अंक, अन्य समूह २३.१२ अंक, माइक्रोफाइनान्स समूह ९.२० अंक, जीवन बीमा समूह २८.९२ अंक, इन्भेष्टमेन्ट समूह १.८६ अंक, डेभलपमेन्ट बैंंक समूह ५१.९८ अंकले, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ६६.४४ अंकले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्